युवाहरू खाडीमा काम गर्न जानु स्वाभाविक कुरा हो : महामन्त्री थापा

काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको बताएका छन् ।

आज जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको उल्लेख गरे ।  

उनले अहिले युवाहरू खाडी लगायतका विदेशमा गएर काम गर्ने कुरालाई अस्वाभाविक नमान्न आग्रह गरे । उनले विगतका कोरियनहरू जर्मनीको खानीहरूमा काम गर्न जानका लागि प्रतिस्पर्धा गर्ने गरेको बताए । 

उनले भने, ‘कोरियामा नर्सिङ गरेका छोरीहरूले युरोपमा गएर काम गरे भने त्यो बेलामा सबैभन्दा ठुलो उपलब्धि मानिन्थ्यो । धेरै वर्ष अगाडिको कुरा हैन, यो वीपी कोइराला प्रधानमन्त्री भएको बेलाको सन्दर्भ हो यो । २०१५ साल सेरोफेरोको कुरा हो, त्यहाँबाट यहाँ आइपुगेको हो । प्रत्येक देशले यसरी अवसर पक्रिएका छन् ।’ 

उनले नेपाललाई अव अर्को अवसर आएको बताए । नेपाललाई  अब ज्ञान अर्थतन्त्र, सूचना प्रविधिमा आधारित अर्थतन्त्रमा लैजानुपर्ने बताए । थापाले भने–‘सूचना प्रविधिका यति धेरै नयाँ उद्योग, यति धेरै व्यवसाय, यति धेरै अवसर सृजना भएको छ, नेपालले यसलाई छोप्न सक्यो भने १०–१५ वर्षमा हामी एउटा विकसित देशको रूपमा अगाडि जान्छौँ । यसलाई छोप्न सकेनौँ भने हामी जहाँको त्यही रहन्छौँ ।’ उनले त्यसलाई छोप्न गणित र अङ्ग्रेजी जानेको विद्यार्थी चाहिने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्