वुमन्स एसिया कप : यूएईमाथि नेपालको सहज जित

काठमाडौँ, ४ साउन । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ ।

नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ई ६ विकेटले हराएको हो । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार

काठमाडौँ, १ जेठ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । आज अर्थ

काठमाडौँ, १ जेठ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौँ, १ जेठ । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न