यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ, ४ साउन । यूएईले एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो ।

यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यूएईले ओपनर तथा कप्तान ईशा ओझालाई दोस्रो ओभरको पाँचौं बलमा १० रनमा रन आउटको रुपमा गुमाएको थियो । एक रन लिने वा नलिने अन्यौलमा अर्की ओपनर थीर्थ सतिशसँग तालमेल गर्न नसक्दा उनी रन आउट भएकी थिइन् ।

सबनम राइको इनस्वींग बलमा रिनिथा रजिथा ६ रनमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्माको छैटौं ओभरको तेस्रो बलमा सतिश ९ रनमा कट एण्ड बोल्ड आउट भएपछि यूएई दबाबमा परेको थियो । इन्दुलाई कभरमा सट खेल्नेधुनमा समिरा धर्निधर्क १३ रनमा कविता कुँवरबाट क्याच भएपछि यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार