यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ, ४ साउन । यूएईले एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ को पहिलो खेलमा नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो ।

यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । यूएईले ओपनर तथा कप्तान ईशा ओझालाई दोस्रो ओभरको पाँचौं बलमा १० रनमा रन आउटको रुपमा गुमाएको थियो । एक रन लिने वा नलिने अन्यौलमा अर्की ओपनर थीर्थ सतिशसँग तालमेल गर्न नसक्दा उनी रन आउट भएकी थिइन् ।

सबनम राइको इनस्वींग बलमा रिनिथा रजिथा ६ रनमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्माको छैटौं ओभरको तेस्रो बलमा सतिश ९ रनमा कट एण्ड बोल्ड आउट भएपछि यूएई दबाबमा परेको थियो । इन्दुलाई कभरमा सट खेल्नेधुनमा समिरा धर्निधर्क १३ रनमा कविता कुँवरबाट क्याच भएपछि यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्