‘सक्किगोनी’ टिमद्वारा ‘लाज शरणम्’ निर्माणकाे घोषणा

काठमाडौँ, ४ साउन । फिल्म ‘लाज शरणम्’ निर्माण घोषणा गरिएको छ ।

लोकप्रिय हास्यसिरियल ‘सक्किगोनी’ टिमले फिल्म बनाउन लागेको हो । सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ को जन्मदिनको अवसर पारेर शुक्रबार एक कार्यक्रमकाबिच फिल्म घोषणा गरिएको हो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकर हरिवंश आचार्य, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक समाजको अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, निर्देशक प्रदीप भट्टराई, केदार घिमिरे, निर्मल शर्मा, दीपक आचार्य, सोम धिताल, विशाल भण्डारी, ओम प्रकाश अग्रवाल र वितरक मनोज राठी लगायतको उपस्थिति थियो ।

फिल्मको निर्देशन कुमार कट्टेलले गर्न लागेका हुन् । लेखन समेत कट्टेलको रहेको फिल्मका निर्माता नवीन श्रेष्ठ र सह–निर्माता रामनरेश शाह हुन् । फिल्ममा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपीका बाउ), माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका

काठमाडौँ, १४ बैशाख । नेपाल रेडले अभ्यास खेलमा नेपाल ब्लुविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ । आज मूलपानी क्रिकेट

काठमाडौँ, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) लगायत १८ संस्थालाई आफ्नो हाताभित्र रहेको जग्गा खाली गर्न ३५

काठमाडौँ, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले