निजी क्षेत्रको आत्मबल नबढाए अर्थतन्त्र माथि उठ्न सक्दैन : मन्त्री पौडेल

काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको आत्मबल बढाउनु अहिलेको मुख्य चुनौती रहेकोबार सरकार जानकार रहेको उल्लेख गर्दै विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा मन्त्री पौडेलले अहिलेको आफ्नो चुनौती भनेको नै निराशालाई चिर्ने र आशा जगाउने रहेको उल्लेख गरे । उनले भने, ‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन । मैले निराशा चिर्ने र आशा जगाउने कुरामा जोड दिएर काम थालेको छु । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्नेछ ।’

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन तत्काल खारेज गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्

काठमाडौँ, २८ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक हुबहु पारित हुन नसक्ने बताएका छन्

काठमाडौँ, २८ माघ । प्रतिनिधि सभाको बैठक १ बजेदेखि सुरु भएको छ ।  प्रत्यक्ष प्रसारण (LIVE)

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप