काठमाडौँ, ३ साउन । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो ।
कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४२४ अंकमा कायम भएको छ । नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ५ को स्थिर रह्यो ।
यस दिन बैंकिङ समूहको सूचक सबैभन्दा धेरै ६.२८ प्रतिशत बढ्यो । विकास बैंक १.३१, होटल तथा पर्यटन १.०४, जीवन बीमा १.२९, उत्पादन १.१७, माइक्रोफाइनान्स २.७७, निर्जीवन बीमा १.०५, अन्य २.३० र ब्यापार समूह ०.४६ प्रतिशत बढ्यो ।