उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ, ३ साउन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ ।

भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । त्यस्तै रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए । भेटमा चीनका तर्फबाट राजदूतले उपप्रधानमन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए । 

‘नेपाल र चीनका बिचमा सहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुनसक्छ । अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो’  सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने,  ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ । स्मार्ट सिटी बनाउने क्रममा ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो । हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ । त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्