टिकट विक्रीमा कल्कीले बनायो नयाँ रेकर्ड

काठमाडौँ, ३ साउन । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म कल्कि २८९८ ईस्वीले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

हलमा रिलिज भएदेखि फिल्मले अलग अलग रेकर्ड तोडिरहेको छ । हालै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने दोस्रो  भारतीय चलचित्र बन्यो । 

अब यो फिल्मको नाममा अर्को कीर्तिमान दर्ता  भएको छ । फिल्मले शाहरुख खानको फिल्म जवानको रेकर्ड तोडेको छ । यसले अनलाइन टिकट बुकिङ वेबसाइट बुक माई शोमा टिकट बिक्रीमा जवानको कीर्तिमान तोडेको छ ।

२० दिनमा बुक माई शोमा फिल्मका १ करोड २१ लाख ५० हजार वटा टिकट विक्री भएको छ । बुक माई शोमा अहिलेसम्म कुनै पनि चलचित्रको यति धेरै टिकट बिक्री भएको थिएन ।  यसअघि यो कीर्तिमान शाहरुख खान र नयनताराको फिल्म जवानको नाममा थियो । साइटमा जवानका १ करोड २० लाख १० हजार टिकट बिकेका थिए । 

बुक माई शोमा कल्कीको यो मात्रै रेकर्ड छैन । फिल्मको एड्भान्स बुकिङ सुरु भएको एक घण्टामा ९५ हजार ७१० टिकट बिक्री गरेर यसले अर्को पनि कीर्तिमान बनाएको थियो । सो साइटमा एक घण्टामा शाहरुखको जवानको ८६ हजार टिकट विकेका थिए । कल्कि २८९८ एडी जुन २७ रिलिज भएको थियो । फिल्मको बक्स अफिस कलेक्सनको कुरा गर्दा पहिलो साता ४१४ करोड ८५ लाख भारु कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई १२८ करोड ५० लाख भारु रह्यो । तेस्रो हप्ताको अहिलेसम्मको कमाई समेत मिलाएर हेर्दा फिल्मले घरेलु बक्स अफिसमा ५९६ करोड ३२ लाख भारुको व्यापार गरेको छ । विश्वभरको यसको आम्दानीको १ हजार करोड माथि उक्लिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for