काठमाडौँ, ३ साउन । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी उपचारका निम्ति कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका छन् ।
दायाँ हातको कान्छीऔँला बांगो भएका कारण त्यहाँ उनको अपरेसन गर्न लागिएको हो । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा जलनको उपचार गराएर केही समयअघि उनी फर्किएका थिए ।
कांग्रेस नेता डा. शेखर कोइराला भण्डारीलाई भेट्न बुधबार (हिजो) उनकै निवासमा पुगेका थिए । राजनीतिक कारण नभएर आफ्नो स्वाथ्योपचारका विषयमा मात्र भेट्न आएको उनले बताए ।
आफू मन्त्रीको आकांक्षी नै नभएको भन्दै उनले मिडियाले विभिन्न व्यक्तिसँग कुरा गरेर हचुवामा नाम मात्र लेखिदिएको जिकिर गरे । नयाँ सत्तासमीकरणबारे सभापति शेरबहादुर देउवालाई सुझाव भने दिएको उनले सुनाए ।






