प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

 “हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ । यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्,” ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका

काठमाडौँ, १३ असार । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका