एसईई परीक्षा रिटोटलिङको नतिजा सार्वजनिक

काठमाडौँ, २ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुर्नयोग (रिटोटलिङ)को नतिजा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए ।

प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरिएको हो । आवेदन दिएकामध्ये हालसम्म चार हजार २९७ जना विद्यार्थीको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । त्यसरी सार्वजनिक गरिएको नतिजा अनुसार हालसम्म ५९ जना विद्यार्थीले ४ जीपीए ग्रेड ल्याएका छन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ । दुई जना विद्यार्थीको भने एनजी आएको नतिजा परिवर्तन भएर चार जीपीए आएको छ ।

त्यस्तै कतिपय एनजी आएका विद्यार्थीको नतिजा भने १.६ देखि ३.६ जीपीएसम्म समेत आएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अंक इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ । गत असार १३ गते सार्वजनिक गरिएको नतिजामा १८६ विद्यार्थीले ४ जीपीए ल्याएका थिए । ४७.८६ प्रतिशत विद्यार्थी पास भए भने ५१.१४ प्रतिशत विद्यार्थीको नतिजा एनजी (ननग्रेडेड) आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

झापा, १९ बैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ

काठमाडौँ, १८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्नु

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले