प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

स्रोतका अनुसार उक्त दिन विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ । ओली नेपाली कांग्रेसको सहयोगमा गएको आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट अर्थात् सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

साउन ६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओली त्यसको भोलिपल्ट संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । नेकपा एमालेकी सांसद पद्मा कुमारी अर्यालले अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्नेहरू आज स्वयं

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । सर्वाेच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न

काठमाडौँ, २८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेमा नेतृत्व परिवर्तन