बंगलादेशमा रोजगारी आरक्षणको विरोधमा प्रदर्शन हुँदा ६ जनाको मृत्यु

एजेन्सी, २ साउन । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।

यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

आलोचकहरू भन्छन् कि यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याउनेछ । शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध विगत केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ जेठ । सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ । आज आगामी आर्थिक वर्ष २०८३–८४ को

काठमाडौँ, १५ जेठ । सरकारले श्रम शोषणलाई आर्थिक अपराध सरह मान्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्नेले आगामी आर्थिक वर्षको

काठमाडौँ, १५ जेठ । सरकारले उन्नत फिल्ट्रेशन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गर्ने भएको छ । 

काठमाडौँ, १५ जेठ । सरकारले भिजन काठमाडौँ –२०४० को योजना घोषणा गरेको छ ।  आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष