एजेन्सी, २ साउन । बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ ।
यो घटनापछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।
आलोचकहरू भन्छन् कि यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका सन्तानहरूलाई अनुचित रूपमा फाइदा पुर्याउनेछ । शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध विगत केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।