‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन

काठमाडौँ, १ साउन । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका छन् । 

नवनियुक्त अधिकारीले पदभार ग्रहण गरेसँगै ‘कृषि लगानी दशक फ्रेमवर्क तयारी समिति’ गठन गरेका हुन् । सो समितिका अध्यक्ष मन्त्रालयका कृषि सचिव डा. दीपक कुमार खराल , उप अध्यक्षमा मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा.राजेन्द्र प्रसाद मिश्र छन् । कृषि मन्त्रालय अन्तर्गतको कृषि विभाग, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरूलाई समेत सो समितिमा राखिएको छ । 

सरकारले आर्थिक वर्ष २०८१/८२ देखि लागू हुने गरी ‘कृषि लगानी दशक’ घोषण गरेको  छ । सोको कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्री अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर