मन्त्री सिंह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ, १ साउन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

सिंहदरबारमा भएको भेटवार्ताका क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिए । सो क्रममा भारतीय सहयोगमा भइरहेको पुनर्निर्माणका कामका बारेमा समीक्षा भएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । 

भेटमा नाकाहरूमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा मन्त्रालयबाट भइरहेको कामका बारेमा पनि छलफल भइरहेको उनले बताए । त्यस्तै, भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहरमैला व्यवस्थापन, नदीनालाको प्रदूषण न्यूनीकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताए । सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमाा पनि निरन्तर सहयोग हुने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ