आर्थिक विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित

काठमाडौँ, ३१ असार । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारितगरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । 

सोमबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेस गरेका थिए । 

प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए । सोसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना