स्वास्थ्यमन्त्री पौडेलले गरे यी दुई निर्णय

काठमाडौँ, ३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । त्यससँगै उनले दुई निर्णय गरे ।

उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे । एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि