स्पेन कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियन

काठमाडौँ, ३१ असार । फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जित निकाल्दै स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । 

स्पेन युरोको इतिहास चार उपाधि जित्ने पहिलो टिम बनेको हो । स्पेनले यअसघि सन् १९६४, २००८ र २०१२ गरी तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । सोमबार जर्मनीको बर्लिनमा भएको खेलमा स्पेनलाई जित दिलाउन निको विलियम्स र मिकेल ओयारजबलले गोल गरे । इंग्ल्यान्डका कोल पाल्मेरले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ४७औँ मिनेटमा विलियम्सको गोलमा स्पेनले अग्रता बनाएको थियो । लामिन यमलको पासलाई विलियम्सले १८ यार्ड बक्सभित्रबाट जाली चुमाएका थिए । तर, ७३औँ मिनेटमा पाल्मेरले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । जुड बेडिङ्घमले पेनाल्टी बक्सबाट मिलाएको बलमा पाल्मेरले १८ यार्ड बक्स बाहिरबाट ‘सेकेन्ड बार’मा उत्कृष्ट गोल गरेका थिए ।

स्पेनबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका ओयारजबल निर्णायक बने । ६८औँ मिनेटमा कप्तान अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका ओयारजबलले खेलको निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा गोल गर्दै स्पेनलाई अग्रतामा राखेका थिए ।

मार्क कुकुरेयाको ‘लोअर क्रस’ मा ओयारजबलले पेनाल्टी बक्सबाट ‘फस्र्ट टच’ गोल गरे । यही गोल निर्णायक गोल बन्दा स्पेनले कीर्तिमानी चौथोपटक युरोपियन च्याम्पियनसिपको उपाधि चुमेको हो । युरोको पछिल्लो पाँच संस्करणमध्ये स्पेनले तीन संस्करणको उपाधि जितेको छ । इंग्ल्यान्ड भने लगातार दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि युरो–२०२० को फाइनलमा प्रवेश गरे पनि इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इंग्ल्यान्ड उपविजेतामा सीमित बनेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ