देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा एउटा समुहले रजाइँ गर्यो र अर्को समूहले खेदो मात्रै खनिरहयो । आम कार्यकर्तालाई यसको भनक थिएन मतलब भएन र निश्चित तहसम्म यसतो खिचातानी चलिरहेको थियो । बामदेवको अगाडि एक हदसम्म सबैको स्विकार्यता थियो तर स्थानीय स्तरमा कहिँ न कहि एउटा पक्ष हावी थियो। त्यो पक्ष गतिलो हैन छैन हुन्न भन्ने हामिलाई थियो । राम्रो आफ्नो र नराम्रो घाटा जे जति हुन्थ्यो, बामदेवको टाउकोमा खन्याएर आफू जोगिन सजिलो थियो ।
बामदेवले पार्टी विभाजन गरेपछि भने यो दुई धार तलैसम्म रहयो र अहिलेसम्म देखिन थाल्यो । एकता पछि यो खाडल मेटाउने धेरै कोशिश गर्दागर्दै वामदेव गौतमको हार र एमाले बाट पुनः वहिरगमन भयो । अब एमालेलाई बर्दियामा आफ्नै बलमा उभिने र अगाडि बढ्ने अवस्था आयो । यो विचमा गोबिन्द पान्डे, देव राना, हरि ज्ञवालीलगायतका केही कमरेडहरु रहेनन् भने निर्मल सुवेदी, श्याम ढकाल, लक्षमन ज्ञवाली, भिम केसी, कुल प्रसाद पोख्रेल , पुर्ण शर्मा लगायतका नेताहरू विभिन्न जिम्मेवारी र उमेर अनुसार हस्तक्षेपकारी भुमिकामा रहेनन् । मुलतः निर्देशन गर्ने र सल्लाह दिने भुमिकामा रहे भने निर्मल र प्रेम पोख्रेल लगायतका आदणीय नेताहरू त झन कुम्लो कुटिरो बोकेर अन्तै लागे । वास्तवमै नेतृत्वको लागि यो नयाँ परिस्थिति र सम्भावनाको एउटा सुअवसर थियो । देशमा केपी ओली जस्तो मुल अभिभावक र एमाले जस्तो पार्टी हुँदाहुँदै पनि बर्दियामा भने एमालेको साख दिनहुँ खस्किरहेको थियो । अझ थपौ भने बासगढीमा एमाले माहोल तिनै बामदेव प्रबृत्तिका जमातले सक्दैछन् ।
अवसरवाद, अराजक, अराजनितिक, नैतिकताहिन, आर्थिक, अनियमितता सगै पदलोलुप र मौकापरस्त प्रवृत्तिले झाङ्गिने मौका पायो र अहिले पनि हुँदै छ । देश भरिमै नेकपा एमालेले यसको मुल रोग पत्ता लगाएर समाधान खोजेको देखिन्छ । त्यसैले सगठन सुदृढीकरणको वर्ष बनाएर सबैलाई भेला बैठक सम्मेलन र अधिवेशन गर्दै तत तत ठाउँबाट सुधार गर्दै सहि लयमा फर्काएर मिसन ०८४ मा जाने मुल मर्म देखिन्छ तर बर्दियामा यसको ठिक उल्टो भैदियो । जिल्ला अधिवेशनसम्म त ठिकै ठिकै थियो । नेतृत्व साझा हुन नसकेको एकल्काटे भएको र कसैका विरुद्ध हात धोएर लागेको आभासका वावजुद्व नयाँ आशा नयाँ उत्साह नयाँ नेतृत्व र नयाँ जिम्मेवारी तर्फ सबै लयमा फर्किने भरोसा थियो यो भ्रम रहेछ । तर नयाँ नेतृत्वबाट दिउसोको संकेत बिहानीले गर्छ भने झै नगर अधिवेशन गेरुवा जाँदा निर्वाचन गरियो परिणाम उल्टो आए पछि खासगरी बासगढीसम्म जाँदा ठिक उल्टो भएको छ । जनता चिन्तित छन्, समर्थक चिन्तित छन्, अरु पार्टिका मान्छेहरु जिज्ञासु छन्, कार्यकर्ता छट्पटीमा छन् तर नेतृत्व भने टसकोमस छैन, कुनै पिर छैन, कुनै मतलब छैन । यस्तो लाग्छ निरो रोम र बासुरीको याद आइरहेको छ । पुलाउ र जेरी उस्तै लाग्दै छ । बामदेव र अहिले बासगढि मा देखियको प्रबृत्ति हुबहु छ । यो त सुनेको कुरा थियो तर ब्यावहारत बर्दियामा ठ्याक्कै त्यस्तै देखिएको छ । यसो मनन् गर्दा त्यस्तै अभाष हुँदैछ ।
बर्दियाली एमाले राजनीतिमा अहिलेका अगुवा भनिएका नेताहरू नै हिजोका मेरुदण्ड हुन् । यस्तो स्वभाव सोच र ब्यावाहारले एमाले कसरी अब्बल बनोस् ? एमालेमा गति न आउने एउटा कारण यहि त थिएन ? सोच्न बाध्य बनाएको छ । हिजो पालिका स्तरमा निर्णायक हुनुहुन्थ्यो हेर्नुस् । उहाँहरुले प्रतिनिधित्व गरेको पालिकाको हालत र त्यहाँको अन्तर विरोध के छ ? आज जिल्लामा आउनु भएको छ ? शुरूवात भैसक्यो संकेत देखिसकियो । यहि पाराबाट अगाडि बढ्दै जाने हो भने साच्चै एमाले एमाले जस्तो बनाउन सकिन्छ ? चितवन महाधिवेशनको नारा सार्थक होला ? कुरा बिधिको छ कुरा थिती को छ सवाल अन्याय र गलत कुरा को छ ? नेतृत्व केवल पद दिएर आफ्नो मान्छे बनाएर आफुले भनेकै मान्ने कुरामा न्वारानदेखिको बल लगाएर बसेको छ । अझै समय छ जे बिग्रीयो बिग्रीयो बासगढी नगर अधिवेशनमा भएको गल्तीलाई भालुको कान्पट बनाएर नबसौ । यसलाई समयमै सच्याएर जानुको अर्को विकल्प छैन किनारमा बसेर रमिता नहेरौ ।
नेतृत्वको अभिव्यक्ति
१. तपाईं लालबहादुर प्यानल बाट उठेको हुँदा समस्या भो त्यही भएर बनाउन सकिएन ।
२. अन्त जम्मै नेताहरूले आफुले भनेका मान्छे बनाए अनि बासगढिमा बन्दैन ?
३. बढैया त्यस्तै थियो गुलरिया त्यस्तै थियो यहाँ पनि त्यही गरिएको हो ।
४. सत्ता आफ्नो हातमा हुँदा किर्ते गर्छ त, नेतृत्वले केही न केही गर्छ नि ?
५. कागज मिलाएर ल्याएको छ त हामीले त्यही हेर्ने हो किर्ते होकि गलत गरेर ल्यायो कि हामीलाई मतलब छैन ।
६. जे पर्छ परेको हामी ब्याहोर्छौ, हामीले भनेको भन्दा अरुलाई छिर्न दिन्नौ ।
७. स्थगित हुन्छ, अब तपाईंहरु जानुस भनेर पठाउने यता घोषणा गर्न लगाउने ।
८. कसको ताकत छ, कसको बाउको दम छ, कस्ले के गर्छ गरेर देखाए भो त ?
९. अब यिनिहरु भिम रावल, माधव नेपाल हुन्छन् । बामदेव बिग्रेर त केही भएन यिनिले के गर्छन् ?
१०. मैले कहाँ हो त मैले त नगरौ भनेकै हु । म स्थगित गरौ भनेर हिडे, त्यहाँ घोषणा गरेछन् ।
११. माथि प्रदेश अध्यक्षलाई थर्काउने धम्काउने नेतृत्वलाई गलत रिपोर्ट गर्ने गुमराह पार्ने, तल कार्यकर्तालाई प्रभाव र दवावमा राख्ने ?
यो नगर स्तर र जिल्ला सदस्य सम्मकाले गरेको कुरा होइन जिल्ला पदाधिकारी र त्यो भन्दा माथिकाले गरेको ब्यावाहार र रवैया हो । यसरी संगठन निर्माण परिचालन र कार्यकर्ताबीच एकता कायम हुन्छ ? भएको खास समस्या यहि हो । कहि कतै सम्वाद सहकार्य वार्ता र मेलमिलापको कुनै ब्यवहार छैन न विधि पद्धति र प्रक्रिया सगत छ, न गल्ती प्रती पछुतो छ, न लाज श्रम र डर छ । नैतिकताको न पनि छैन । यतिसम्म दम्भ र नग्नता नेतृत्वको लागि सुहाउँदो कुरा होइन । नेतृत्व साझा हो हाम्रो लागि सबै एमाले बराबर हुन भन्ने ध्येय नै देखिदैन । एउटा पक्षलाई शिरमा बोकेर अरुलाई लात हान्ने घिसारेर ल्याउने ढोका बन्द गर्ने अझै विभिन्न प्रोपोगन्डा फैलाएर कर्वाही हुन्छ भनेर धम्की दिने, हरेसमेन्ट गराउने, कित्ता बन्दी गर्ने पेल्ने र नेता हुने सपना देख्ने यस्तो माहाराजा प्रवृत्तिले एमाले बन्दैन ।
भएको सबै कुरा किलिएर छ, थाहा छ किर्ते माइन्युट गलत हस्तलिखित बिना बिना उपस्तिथि एजेन्डा बिना प्रस्तावका निर्णय हो भन्ने पनि थाहा छ । यसलाई करेक्सन गर्ने, भएका कमिकमजोरी सच्याउने स्वीकार गर्ने र खुल्ला खुलस्त पार्टी निर्माणको अभियानमा जानुको सट्टा जिल्ला नेतृत्व सतुरमुर्ग जस्तो बालुवामा टाउको लुकाएर सारा जिउ बाहिर देखाएर चोखो हुन खोज्नु दुस्खद हो । हामी रेगिस्तानमा डुल्ने चरा जस्तो हो र ? हामी त सचेत मान्छे हौ नि । पिलो लुकाएर चहर्याएर नबसौ अन्ततः क्यान्सर हुन सक्छ बरु बेलैमा उपचार गरौं, सहि समाधान गरौं र गल्ती सच्याएर जाँउ टालटुल पारेर होइन समाधान गरेर जाँउ । के हिजो बामदेव जाँदा सति जान तयार भएकाहरुलाई बचाएर आज यो दिन देख्न परेको हो त । हामी विधि मार्फत हरेक ढोका खुल्ला राखेर जान चाहन्छौ नेतृत्व भने लुकेर छलेर दवाएर गुमराहमा राखेर अघि बढदैछ, यसलाई बेलैमा समाधान गरौं, पछि पछुताउनुको अर्थ रहन्छ र दशौं राष्ट्रिय महाधिवेशनको नारा पुस्टि हुनुपर्छ ।
राजु पहारी
बर्दिया
राष्ट्रिय युवा संघ नेपाल, स्थायी कमिटी सदस्य तथा पेशागत विभाग प्रमुख