नेप्से परिसूचक ५२.९७ अंकले बढ्यो

काठमाडौँ, ३० असार । आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ ।

बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो । आज कारोबार भइरहँदा (इन्ट्राडे)मा भने नेप्से परिसूचक २८ वैशाख २०७९ यताकै उच्च अंकमा पुगेको थियो ।  सेयर बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ८६ अंक बढेर २२९० पुगे पनि सर्किट ब्रेक लाग्न पाएन ।

आइतबार कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६२ करोड पुग्यो । विकास बैंक १.२०, फाइनान्स १.३३, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर ३.३०, लगानी १.३०, जीवन बीमा २.०५, उत्पादन २.६६, माइक्रोफाइनान्स ०.८२, निर्जीवन बीमा १.२६, अन्य १.९९ तथा व्यापार समूह २.२१ प्रतिशत बढे ।

रिडी पावर, माण्डु हाइड्रोपावर, जानाकी फाइनान्स तथा हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । अरुणभ्याली हाइड्रोपावरको ९.३, नेसनल हाइड्रोपावरको ८.८ प्रतिशत मूल्य बढ्यो । २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ । यस दिन पनि बैंकिङ समूहले नै नेप्सेलाई उचालेको छ । सो समूह सबैभन्दा धेरै ३.७४ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०