विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्का

काठमाडौँ, ३० असार । अब बन्ने नयाँ सरकारमा एमालेको उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री हुने पक्का भएका छन् ।

स्रोतका अनुसार एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको छ । दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको बुझिएको छ । एमालेबाट विष्णु पौडे अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।

पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने भएको छ । एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएको छ । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :

काठमाडौँ, २९ माघ । टिकटकले नेपालमा ‘इन–एप इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ । आगामी आम निर्वाचनलाई लक्षित गर्दै प्रयोगकर्तालाई

काठमाडौँ, २९ माघ । फिल्म ‘पारस’ मा अभिनेत्री प्रियङ्का कार्की भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर निर्माण