भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २९ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याएको विशिष्ट योगदानको स्मरण गरेकी छन् ।

आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत सो कुराको स्मरण गरेकी हुन् । भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबिच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको समेत उनले बताएकी छन् । भण्डारीले आचार्यप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको