अक्षय कुमारलाई कोरोना सङ्क्रमण

मुम्बई, २९ असार । बलिउड अभिनेता अक्षय कुमार कोभिड पोजेटिभ भएका छन् ।

कोभिड भएसँगै उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएनन् । अक्षय यस वर्ष मार्चमा जामनगरमा अनन्त-राधिकाको पहिलो प्रि-वेडिङ समारोहमा सहभागी भएका थिए । स्रोतका अनुसार हालै फिल्म ‘सरफिरा’ को प्रमोशनका क्रममा अक्षयको स्वास्थ्य बिग्रिएको थियो ।

फिल्मको प्रमोसनको क्रममा एक क्रु सदस्य कोभिड-१९ ले बिरामी परे, त्यसपछि अक्षय पनि बिरामी परे । उनलाई शुक्रबार बिहान कोभिड पोजेटिभ भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्