भानुभक्तका योगदान स्मरण र सम्मान योग्य : प्रचण्ड

काठमाडौँ, २९ असार । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिकवी भानुभत्तका योगदान स्मरण र सम्मान योग्य रहेको बताउनुभएको छ ।

आज आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भानुभक्तको योगदान नेपाली संस्कृति र सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती (भानु जयन्ती)को अवसरमा देशभित्र र बाहिर रहनुभएका साहित्यानुरागी एवं समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुशरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ५ असोज । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। अर्को हप्ता इमरान खानको समर्थनमा हुन लागेको

एजेन्सी, ५ असोज । जर्मनीका दुई राज्यमा भएको निर्वाचनमा चान्सलर फ्रेडरिक मर्जको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले धक्का व्यहोरेको छ ।

एजेन्सी, ४ असोज । यमनका इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको दाबी

एजेन्सी, ३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनसम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सिएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूलाई ह्वाइट हाउसमा