काठमाडौँ, २८ असार । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज अन्तरिम जमानत पाएका छन् ।
भारतको सुप्रिम कोर्टले मुख्यमन्त्री केजरीवालको पूर्ण इजलासमा पठाएको छ । पूर्ण इजलासमा सुनुवाइ पुरा नभएसम्म केजरीवाललाई अन्तरिम जमानत दिने अदालतले आदेश दिएको छ ।
तर रक्सी अनियमिततामा केजरीवाललाई सीवीआइले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको थियो । उनी हाल न्यायिक हिरासतमा रहेका छन् । जेलबाट बाहिर आउनका लागि त्यहाँबाट पनि जमानत पाउनुपर्ने हुन्छ ।