नापी कार्यालय लगनखेलका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ, २८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरस्थित नापी कार्यालय लगनखेलमा कार्यरत सर्वेक्षक सञ्जीव कुमार यादवसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ ।

यादवसहित आरबी लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । जग्गा हालसाबिक गरी पुर्जा उपलब्ध गराइदिन उनीहरूले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदन परेको थियो । 

सोही आधारमा आयोगबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट ४ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका-१२ लगनखेलमा रहेको आरबी सेन्टरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको