वृद्धभत्ता र पेन्सन लिन राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौँ, २८ असार । वृद्धवृद्धा भत्ता, पेन्सन लिनका लागि तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक पश्चात् सरकार सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको छ । सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय प्ररिचयपत्र लागू गर्ने निर्णय भएकामा तत्कालका लागि पछि हटेको हो ।

बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि उक्त निर्णय स्थगित गरिएको छ ।

सरकारले नयाँ आर्थिक वर्षदेखि सामाजिक सुरक्षा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भएपछि व्यापक गुनासो आएको थियो । सरकारले तोकेका स्थानमा गई परिचयपत्र बनाउन वृद्धवृद्धालाई कष्ट भएको भन्दै सरकारको आलोचना भइरहेको थियो । उक्त गुनासोलाई ध्यानमा राखी हाल लागू नगर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् । सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको

काठमाडौँ, २८ माघ । नेपालमा सञ्चालनमा रहेका गैरनाफामूलक संस्था (एनजीओ/आईएनजीओ) को कारोबारलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन लागू हुने भएको छ ।

काठमाडौँ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन

काठमाडौँ, २७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महशुस हुन थालेको बताएका छन्