नेप्से परिसूचक २९.२१ अंकले बढ्यो 

काठमाडौँ, २७ असार । आज नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा बन्द भएको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक एक वर्षपछि २२ सय विन्दु पार गरेर बन्द भएको हो । गत वर्षको साउन ८ गते २२ सय विन्दुमा बन्द भएको बजार त्यसपछिका कारोबार दिनमा त्यसभन्दा माथि पुग्न सकेको थिएन । 

तर, गएको माघ ३ गते भने बजारले उच्च विन्दु २२१५ कायम गरेको थियो । सो दिनको उच्च विन्दु २२ सय पार गरेको भए पनि २१६३ विन्दुमा झरेर बन्द भएको थियो । आज सेयर बजारमा सात अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । यो ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार हो ।

यसअघि माघ ७ मा सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज लघुवित्त र व्यापार समूहको परिसूचक घटेको छ । लघुवित्तको परिसूचक ०.५३ प्रतिशत र व्यापार समूहको परिसूचक ०.३९ प्रतिशतले घटेको छ । वाणिज्य बैंक, निर्जीवन बिमा र जीवन बिमा समूहको परिसूचकले आज बजारलाई उचालेको देखिन्छ । यसदिन जीवन बिमा समूहको परिसूचक ३१८.६९ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको परिसूचक १११.९० अंकले बढेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूहको परिसूचक प्रतिशतका हिसाबले अरु समूहभन्दा उच्च बढेको छ । यो समूहको परिसूचक २८.२७ अंक अर्थात् २.४२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ