प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ, २७ असार । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आज बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री उपस्थित नभएको बैठक चल्छ कि चल्दैन भनी सभामुखलाई प्रश्न गरेका थिए । उनले मन्त्रिपरिषद्का सदस्यलाई संसदमा उपस्थित हुनुपर्छ भन्ने जानकारी छ कि छैन भनेर पनि प्रश्न गरे ।

‘संसद् चलेका बेला मन्त्री उपस्थित हुनुपर्छ कि पर्दैन, कोही पनि उपस्थित नभएको संसद् चल्छ चल्दैन सभामुखको कुर्सीबाट म जान्न चाहन्छु’, उनले भने ।

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । तर बिहीबारको बैठकमा कुनै मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गरेर अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको