नियमन नहुँदा सहकारीको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष

काठमाडौँ, २७ असार । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

आज सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलबाट कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणका नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निचोडमा समिति पुगेको छ । बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतसँग सहकारी क्षेत्रको समस्याबारे छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति