नियमन नहुँदा सहकारीको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष

काठमाडौँ, २७ असार । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

आज सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलबाट कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणका नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको निचोडमा समिति पुगेको छ । बिहीबार समितिले अर्थसचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशकलगायतसँग सहकारी क्षेत्रको समस्याबारे छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । बझाङमा १६ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार