मन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी

काठमाडौँ, २६ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

उजुरीमा मन्त्री श्रेष्ठले विदेशको पीआर लिएको भन्दै छानबिनको लागि अनुरोध गरिएको छ । उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ । केन्द्रको पत्र पाएपछि मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेकी छन्, “म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन ।”  

उनले सामाजिक सञ्जाल एक्समा थप लेखेकी छन्, “ट्याबलोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।” 

आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो जस्ता प्रश्न गर्न उनले आफ्ना प्रशंसकलाई अनुरोध गरेकी छन् । “युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि,” उनले अनुरोध गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि