ज्याकलिनलाई फेरि बोलायो इडीले

नयाँ दिल्ली, २६ असार । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि एक पटक चर्चामा छिन् । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले उनलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछका लागि बोलाएको हो ।

श्रीलंकाली मूलकी ३८ वर्षीया अभिनेत्रीसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंह सहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।

ईडीको आरोप अनुसार धोखाधडीमार्फत कमाएको अवैध धन ज्याकलिनका लागि उपहार किन्न प्रयोग गरिएको छ । सन् २०२२ मा दायर गरिएको आरोप पत्रमा ज्याकलिनलाई चन्द्र शेखरको आपराधिक पृष्ठभूमिबारे थाहा हुँदाहुँदै पनि चन्द्रशेखरले दिएका बहुमूल्य वस्तु, गहना र महङ्गा उपहार लिएको भनेर भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । बैतडीको सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा बालबालिका प्रभावित भएका छन् ।  

काठमाडौँ, ३ असार । बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित अरनिको राजमार्ग भएको छ । सडक विभागले आज  बिहान ८

पाल्पा, ३ असार । पाल्पाको पूर्वखोला गाउँपालिका–५, वीरकोट सेफतमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको

काठमाडौँ, ३ असार ।औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरवलोकन गर्न गठित समितिले श्रमिकको पारिश्रमिक पुनरवलोकन गर्ने गरी तयारी थालेको