ज्याकलिनलाई फेरि बोलायो इडीले

नयाँ दिल्ली, २६ असार । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज फेरि एक पटक चर्चामा छिन् । भारतको कानुन कार्यान्वयन गराउने निकाय प्रवर्तन निर्देशनालय (ईडी) ले उनलाई सुकेश चन्द्रशेखरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा बुधवार सोधपुछका लागि बोलाएको हो ।

श्रीलंकाली मूलकी ३८ वर्षीया अभिनेत्रीसँग यसअघि पनि सोधपुछ भइसकेको थियो । यो मामिला फोर्टिस हेल्थकेयरका पूर्व प्रमोटर शिवेन्द्र मोहन सिंहकी पत्नी अदिति सिंह सहित उच्च प्रोफाइलका व्यक्तिहरूबाट करिब २०० करोडको ठगीसँग सम्बन्धित छ ।

ईडीको आरोप अनुसार धोखाधडीमार्फत कमाएको अवैध धन ज्याकलिनका लागि उपहार किन्न प्रयोग गरिएको छ । सन् २०२२ मा दायर गरिएको आरोप पत्रमा ज्याकलिनलाई चन्द्र शेखरको आपराधिक पृष्ठभूमिबारे थाहा हुँदाहुँदै पनि चन्द्रशेखरले दिएका बहुमूल्य वस्तु, गहना र महङ्गा उपहार लिएको भनेर भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता ‘होल्ड’मा रहेको बताएकी छिन् । आज नुवाकोटमा आयोजित एक कार्यक्रममा

काठमाडौँ, १८ बैशाख । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुकुमबासी पुनर्स्थापना तथा व्यवस्थापनका विषयमा सरकारलाई मानवीय र दीर्घकालीन दृष्टिकोण अपनाउन आग्रह गरेका

काठमाडौँ, १८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा

काठमाडौँ, १८ बैशाख । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३४ सय रुपैयाँले