सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन : महामन्त्री शर्मा

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् ।

मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि आज बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए । 

उनले लेखेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन,’ । 

प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने