स्पेन युरो-२०२४ को फाइनलमा प्रवेश

काठमाडौँ, २६ असार । युवा फरवार्ड लामिन यमलको उत्कृष्ट प्रदर्शनप्रेरित स्पेन फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै युरो–२०२४ को फाइनल प्रवेश गरेको छ । 

मंगलबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न खेलमा फ्रान्सले पहिले अग्रता बनाए पनि जोगाउन सकेन । खेलको आठौँ मिनेटमा रान्डाल कोलो मुआनीको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । कप्तान किलियन एमबाप्पेको क्रसमा ६ यार्ड बक्सभित्र रहेका मुआनीले हेडर गोल गर्दै डिडियर डेसच्याम्प्सको टिमलाई अग्रतामा राखेका थिए ।

तर, दुई पटकको च्याम्पियन फ्रान्सको अग्रता लामो समय टिक्न पाएन । स्पेनका १६ वर्षीय युवा फरवार्ड लामिन यमलले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काए । लामिनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारको ‘टप कर्नर’ गोल भएको थियो । यो गोलसँगै यमल युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।

यसको चार मिनेटपछि नै स्पेनले सन् २०१८ को विश्वकप विजेताविरुद्ध २–१ को अग्रता बनायो । स्पेनका ड्याली ओल्मोले गरेको प्रहार फ्रान्सका रक्षक जुलेस काउन्डेबाट ‘डिफ्लेक्ट’ हुँदै गोल भएपछि तीन पटकको च्याम्पियन स्पेनले अग्रता बनाएको हो ।पहिलो हाफको २५ मिनेटभित्रै तीन गोल भए पनि दोस्रो हाफमा गोल नहुँदा स्पेन २–१ को जितसहित १२ वर्षपछि युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

स्पेन यसअघि सन् २००८ र २०१२ को लगातार युरोपियन च्याम्पियन बनेको थियो । त्यसअघि स्पेनले सन् १९६४ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । स्पेनले गत संस्करणमा पनि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा स्पेनको यात्रामा पूर्णविराम लागेको थियो ।

स्पेनले अब उपाधिका निम्ति नेदरल्यान्ड्स र साविक उपविजेता समेत रहेको इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ भदौ । प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ८ भदौ । जबरजस्ती करणी तथा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को

काठमाडौँ, ८ भदौ । जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

काठमाडौँ, ८ भदौ । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ ।