एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ, २६ असार । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप

काठमाडौँ, २८ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको समय परिवर्तन भएको छ ।  यसअघिको समय परिवर्तन

काठमाडौँ, २८ माघ । नेकपा माओवादी केन्द्रले तीन जना प्रदेशस्तरीय नेतालाई पदमुक्त गरेको छ । गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल