अब बन्ने सरकार ७६ (२) अनुसारकै हुन्छ : शेखर कोइराला

काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने बताएका छन् ।

आज काठमाडौँको जोरपाटीमा भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न पनि आग्रह गरे ।

उनले भने, ‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ (२) कै सरकार हुन्छ। यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईंहरूको माझमा राख्न चाहन्छु,’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :