प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच भेटवार्ता

एजेन्सी, २५ असार । सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्। यी तस्बिरहरूसँग मोदीले लेखेका छन्, ‘नोभो-ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु । मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ ।’

रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबिच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भनेका छन्, ‘मलाई लाग्छ यो संयोग होइन, सरकारको प्रमुखका रूपमा तपाईंको धेरै वर्षको कामको यो परिणाम हो ।’


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको