सरकारले दियो ३३ अर्ब ६१ करोड भुक्तानी

काठमाडौँ, २५ असार । चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ माथिको भुक्तानी दिएको छ ।

असार २४ गते राति १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानीमा एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो । 

कुल भुक्तानी मध्ये १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ विकास खर्च अर्थात् पुँजीगत खर्चतर्फ भएको छ भने बाँकी नियमिति खर्चतर्फको भुक्तानी भएको छ । त्यसो त असार १ गते यता मात्र १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको कूल बजेटको १० प्रतिशतमाथिको खर्च हो । अन्तिम महिनामा मात्र कूल बजेटको १० प्रतिशत माथिको बजेट खर्च हुनुले यस वर्ष पनि सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । 

तथापि, यो वर्ष विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च हुन सकेको छ । कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ भने पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी