कम्बोडियामा ५ वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू

एजेन्सी, २५ असार । दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी ५ वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि भएको छ । यसबाट सन् २०२४ को सुरुदेखि हालसम्म सङ्क्रमितको सङ्ख्या सात पुगेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

“बिरामीलाई ज्वरो आएको छ, उनको काकाको तीन वर्षीय छोरालाई जुलाई ५ मा भाइरसबाट सङ्क्रमित पाइएको थियो”, दुवै पीडित किरी भोङ जिल्लाको पोउ गाउँमा एउटै घरमा बस्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “बालिका बिरामी हुनुभन्दा करिब १० दिनअघि गाउँमा कुखुरा र हाँसहरू मरेका थिए र बिरामीको परिवारले मरेका ती कुखुरा र हाँस पकाएका थिए भने बिरामीको मृत कुखुरासँग प्रत्यक्ष सम्पर्क थियो ।” यस वर्ष अहिलेसम्म एच–५एन–१ बर्डफ्लूका सातवटा मानव केसमा एक वयस्कसहित छ जना बालबालिका थिए । यसमध्ये एक जनाको मृत्यु भएको थियो । 

एच–५एन–१ इन्फ्लुएन्जा एक फ्लू हो जुन सामान्यतया बिरामी कुखुराको बीचमा फैलिन्छ । तर यो कहिलेकाहीँ कुखुराबाट मानिसमा फैलिन सक्छ र यसका लक्षणहरूमा ज्वरो, खोकी, नाक बग्ने र गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छ । बर्डफ्लूले अझै पनि मानिसको स्वास्थ्यमा विशेषगरी बालबालिकाका लागि खतरा रहेको मन्त्रालयले मानिसहरूलाई बिरामी वा मरेको कुखुरा नखान आग्रह गरेको छ ।

सन् २००३ देखि हालसम्म एच–५एन–१ इन्फ्लुएन्जासँग मानव सङ्क्रमणका ६९ घटना रहेका थिए । यसमा कम्बोडियामा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्