कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ : योगेश भट्टराई

काठमाडौँ, २४ असार । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने बताएका छन् ।  

आज संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसग कुरा गर्दै उनले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे ।

उनले कांग्रेस–एमालेबिचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरे । 

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री प्रचण्डले दुई ठुला दलबिचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने