भारतीय प्रधानमन्त्री मोदी विदेश भ्रमणमा निस्किए

एजेन्सी, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् ।

सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा पुरानो मित्रता भएका यी देशसँग सम्बन्ध अरू गहिरो बनाउन राम्रो मौका साबित हुनेछ । यी देशमा रहेका भारतीय समुदायसँग पनि भेट्नेछु,’ मोदीले उनले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् । मोदीले २२ औँ भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । यस कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना