एजेन्सी, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् ।
सोमबार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा पुरानो मित्रता भएका यी देशसँग सम्बन्ध अरू गहिरो बनाउन राम्रो मौका साबित हुनेछ । यी देशमा रहेका भारतीय समुदायसँग पनि भेट्नेछु,’ मोदीले उनले सामाजिक सञ्जालमा एक पोस्टमा लेखेका छन् । मोदीले २२ औँ भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन् । यस कार्यक्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने बताइएको छ ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नेछन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ । ४१ वर्षयताको भारतीय प्रधानमन्त्रीको यो पहिलो अस्ट्रिया भ्रमण हुनेछ ।