टिकटकले हटायो १६ करोड भिडियो र ९७ करोड कमेन्ट

काठमाडौँ, २४ असार । टिकटकले सन् २०२४ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले नयाँ डाटा पोइन्ट र ट्रेन्डलाई समेट्दै ग्लोबल कम्युनिटीका निम्ति सुरक्षित वातावरण बनाउन कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको जनाएको छ ।

रिपोर्टअनुसार कम्पनीले सन् २०२४ को पहिलो तीन महिनामा टिकटकमा अपलोड १६ करोड ६९ लाख ९७ हजार ३०७ भिडियो हटाएको छ । यो संख्या अपलोड गरिएका भिडियोको लगभग ०.९ प्रतिशत हो । कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीतका यी भिडियो विश्वभरबाट हटाएको जनाएको छ । तीमध्ये १२ करोड ९३ लाख ३५ हजार ७९३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिबाट हटाइएको थियो ।

हटाइएका मध्ये ६० लाख ४२ हजार २८७ भिडियो थप समीक्षापछि पुनर्स्थापित गरिएका छन् । यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेका आधारमा तीन महिनामा ९७ करोड ६४ लाख ७९ हजार ९४६ भिडियो कमेन्ट हटाएको समेत जनाएको छ । यो संख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टको १.६ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा