लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत

काठमाडौँ, २४ असार । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ । 

सोमवारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनःविचार गरियोस् भन्ने प्रश्ताव पेस गरेकी थिइन् ।

 सोही प्रस्तावमाथि छलफल गरी प्रतिनिधि सभाले उक्त संशोधन स्वीकृत गरेको हो । त्यस्तै प्रतिनिधि सभामा राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन आ.व. २०७९/८० पेस पनि भएको छ । प्रतिनिधि सभाको आगामी बैठक असार २५ गते मङ्गलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । प्रधामन्त्री बालेन शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । आज सभापति रवि