सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ : प्रभु साह

काठमाडौँ, २४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोबारमा संलग्न रहेको बताए । 

उनले भने, “हुन्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौँ । आज हुन्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरू हुन्डी कारोबारका कारण बढ्दो छ । हुन्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असार । स्वार्थ बाझिने व्यक्तिलाई मन्त्री नियुक्त गर्न नहुने भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । आज

काठमाडौँ, २ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज नदेखेको बताएका छन् ।  आज

काठमाडौँ, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको

काठमाडौँ, २ असार । सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका