सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ : प्रभु साह

काठमाडौँ, २४ असार । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुन्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष साहले कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरू नै कानुनले प्रतिबन्ध लगाएको हुन्डी कारोबारमा संलग्न रहेको बताए । 

उनले भने, “हुन्डी कारोबारको बारेमा सरकारको दृष्टिकोण के छ, हामी जान्न चाहन्छौँ । आज हुन्डी कारोबारले गर्दा देश खोक्रो भइसक्यो । अर्थतन्त्र तहसनहस छ । भ्रष्टाचार दिन दहाडै बढ्दो छ । कालो धनलाई सेतो बनाउने सहज भएपछि भ्रष्टाचार रोक्ने होइन, आकर्षित भइरहेको छ । अपराधका घटनाहरू हुन्डी कारोबारका कारण बढ्दो छ । हुन्डी कारोबारका कारण कालो धन सफेद हुने अवस्था छ । सरकार आफैँ हुन्डी कारोबारमा संलग्न छ,” ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ माघ । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १

काठमाडौँ, ४ माघ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार

काठमाडौँ, ४ माघ । सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी

काठमाडौँ, ४ माघ । रुपन्देहीको सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको छ ।