काठमाडौँ, २४ असार । माओवादी केन्द्र नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ । आज मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।