धनुषा, २३ असार । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।
कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए । कांग्रेसलाई अर्थ मन्त्रालय, उर्जा सिचाईँ तथा खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद शेषनरायण यादवले बताए ।