प्रधानमन्त्री ‘प्रचण्ड’ले चढेको डुंगा प्वाल परिसक्यो: सांसद भट्टराई

काठमाडौँ, २३ असार । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै भट्टराईले अल्पमतमा परिसकेको प्रधानमन्त्रीले केका लागि असार २८ गते विश्वास मत लिने भन्ने प्रश्न पनि गरे । प्रधानमन्त्री दाहाललाई प्रतिनिधि सभामा विश्वास मत घट्दो क्रममा रहेको पनि भट्टराईले बताए। भट्टराईले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन पनि आग्रह गरेका छन् ।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू उतै (सत्तापक्ष) मा बस्नुभएको छ । यो उहाँहरूको इच्छा हो, हामीलाई केही भन्नु छैन,’ भट्टराईले भने, ‘तर प्रधानमन्त्रीजीले प्वाल पारिसकेको डुंगामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, सोच्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।