त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गए : मन्त्री श्रेष्ठ

काठमाडौँ, २३ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी गरेसँगै कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी हुन् । उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा गर्नुपर्ने उल्लेख छ । यो विनियम मस्यौदा जारी गर्ने त्रिवि नेतृत्वप्रति उनले आभार प्रकट गरेकी छन् । नेपालको शिक्षा क्षेत्र र नेपालमै समग्र भविष्यबारे जिम्मेवार सबैले यसमा समर्थन र निरन्तरता दिनुपर्ने उनको भनाइ छ । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘स्वघोषणा गलत ठहरिए पदच्युत हुने गरी कार्यान्वयनमा खुट्टा कमाइएन भने त्रिवि सुधारका लागि यो एउटा युगान्तकारी कदम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको

काठमाडौँ, १२ कार्तिक । झन्डै दुई सातासम्म बक्स अफिसमा दबदबा कायम राखेपछि दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ को कमाइ

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको