काठमाडौँ, २३ असार । गायिका कमला घिमिरे फिल्म अभिनयमा देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा कलाकारको रूपमा घिमिरे अनुबन्धित भएका निर्देशक बाबू साहेब बलामीले बताए । फिल्ममा उनको भूमिका अहिले खुलाइएको छैन ।
फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा छायाङ्कन हुनेछ ।





