प्रधानमन्त्री स्टार्मरद्वारा रुवान्डा विधेयक रद्द गर्ने घोषणा

एजेन्सी, २३ असार । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कीर स्टार्मरले शनिबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । आफ्नो कार्यकालको पहिलो दिनमै उनले ऋषि सुनक नेतृत्वको अघिल्ला सरकारको महत्वाकांक्षी योजना रुवान्डा विधेयक बन्द गर्ने घोषणा गरेका छन् ।

उनले यो योजना सुरु हुनुअघि नै अन्त्य भइसकेको बताएका छन् । केइर स्टाररले आफ्नो सरकारका अर्थमन्त्री रसल रिभ्स र नयाँ विदेशमन्त्री डेभिड ल्यामीको साथमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । यस क्रममा उनले भने, ‘हामीसँग धेरै काम छ, त्यसैले अब काममा लाग्नुपर्छ ।’ बैठक पछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्टार्मरले रुवान्डा बिल योजना बन्द गर्ने घोषणा गरेका थिए । उनले भने, ’रुवान्डा योजना सुरु हुनु अघि नै मरर पुरिएको छ । म यो नाटकलाई निरन्तरता दिने पक्षमा छैन ।’

बेलायतमा गैरकानुनी आप्रवासीहरूको आगमन ठुलो समस्या हो । पछिल्लो आम चुनावमा यो प्रमुख मुद्दा थियो । यो समस्या समाधान गर्न सुनक सरकारले रुवान्डा योजना ल्याएको थियो । सन् २०२२ मा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायत र रुवान्डाबिच पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । यस सम्झौताको उद्देश्य असुरक्षित र अनधिकृत मार्गहरूबाट बेलायत छिरेर आउने आप्रवासीहरूलाई रोक्नु थियो । विशेष गरी साना डुङ्गाहरूबाट अंग्रेजी च्यानल (समुद्री मार्ग) मार्फत हुने आप्रवासन रोक्न यो विधेयक ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । आज दिउँसो २ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रीय

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने